कास्कीमा भूकम्पको धक्का
पाेखरा | असार ८, २०७९
कास्की: कास्कीमा भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार आज (बिहिबार) बिहान करिब ३ः५६ बजे धम्पुस केन्दूबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको महसुस भएपछि नागरिक घरबाहिर समेत निस्किएका थिए । कास्की आसपासको जिल्लामा पनि भूकम्पको महसुस भएको सामाजिक सञ्जालमा उल्लेख गरिएको छ ।
भूकम्पको धक्का महसुस भएपनि मानवीय तथा भौतिक क्षति भने नभएको आंकलन गरिएको छ ।
यसअघि पनि २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भइ विनाशकारी महाभूकम्प गएको थियो । उक्त समयमा भौतिक तथा मानवीय क्षति भएको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

